Comments Add Comment

पाँचाैं आरबीबी एनभीए लिग भलिबल चैत १९ देखि

२० फागुन, काठमाडौं । नेपाल भलिबल संघकाे आयाेजनामा पाँचाैं आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल चैत १९ देखि २६ गतेसम्म आयाेजना हुने भएकाे छ ।

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियाेगिता आयाेजना गर्ने मिति सार्वजनिक गरेकाे हाे । लिग काठमाडौंमा हुनेछ । लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

गत वर्ष चैतदेखि काेराेना महामारीले गर्दा लकडाउन भएपछि लिग एक वर्ष पछि हुन लागेकाे हाे ।
गत वर्ष माघमा भएकाे एनभीए क्लब भलिबल च्याम्पियनसीपबाट उत्कृष्ट ८ पुरुष टिम र उत्कृष्ट ६ महिला टिम छनाेट भएकाे हाे ।

लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ । सिंगल लिगपछि शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।

यस पटक खेलाडी र अफिसियलहरुकाे इन्सुरेन्स पनि गरिने संघका महासचिव जितेन्द्र चन्दले जानकारी दिए ।

प्रतियाेगिताकाे विजेता महिला र पुरुषले ३ लाख हात पार्नेछन् । यस्तै उपवपजेताले १ लाख ५० हजार, तेस्राेले ७५ हजार र चाैथाे हुनेले ३७ हजार ५ सय पाउनेछन् ।

सर्वाेत्कृष्ट खेलाडीले २५-२५ हजार पाउनेछन् भने उत्कृष्ट लिब्राे, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लिगकाे अनुमानित बजेट २८ लाख रहेकाे छ । लिगकाे मुख्य प्रायाेजकमा राष्ट्रिय वाणिज्य बैँक रहेकाे छ ।

लिगमा सहभागी हुने पुरुष टिम

हेल्प नेपाल स्पाेर्ट्स क्लब, एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, नयाँबजार सामाजिक युवा क्लब, बुद्धटाेल भलिबल क्लब, मणिमुकुन्द क्लब बुटबल र बुलबुले क्लब रारा

महिला टिम

एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, न्यु डायमण्ड स्पाेर्ट्स क्लब, ढाेरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्राे खेलकुद परिषद्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment