+
+
Shares

मन्त्रीले घुस दिन खोज्नेको नाम लुकाउँदा आशंका : वन प्राविधिक संघ

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १४:४१

२० फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ ।

संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको भन्दै विरोध जनाएको हो ।

‘माननीय मन्त्रीज्यूले सञ्चार माध्यममा बोल्नुअगाडि घुस खुवाउन आउने व्यक्तिहरुलाई कारवाही गर्न सम्बन्धित सरकारी निकायमा सूचना दिनु अति आवश्यक थियो’ विज्ञप्तिमा भनिएको छ ।

यति ठूलो रकम प्रस्ताव गर्ने व्यक्तिको नाम सार्वजनिक गरी कारबाही गर्नुपर्नेमा मन्त्रीले नाप गोप्य राख्नुले आशंका बढेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले वन क्षेत्रको बदनाम गर्न खोज्ने आपराधिक मनोवृत्तिका व्यक्तिउपर सत्य तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?