+
+

झलनाथले अध्यक्षता गरे प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक, पुनः दलको नेता चयन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १५:०४

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । बैठक ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको छ ।

आजको बैठकले पुनः संसदीय दलको नेता चयन गर्ने एक सांसदले जानकारी दिए । यसअघिको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई दलको नेता चयन गरेको थियो ।

तर संसद विघटन बदर गर्दै सर्वोच्च अदालतले पुस ५ गतेभन्दा अगाडिकै स्थितिमा फर्किएको फैसला गरेपछि प्रचण्ड–माधव समूहले फेरि दलको नेता चयनको निर्णय गर्न लागेको हो ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार बैठकमा राष्ट्रियसभा र प्रतिनिधिसभाका गरी ११२ जना सांसदहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?