+
+
Shares

जान्हवी भन्छिन्–‘मलाई भव्य बिहेदेखि डर लाग्छ’

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २१ गते १४:१७

बलिउड नायिका जान्हवी कपुरले आफूलाई भव्य बिहे मन नपर्ने बताएकी छिन् । भारतीय मिडियासँगको कुराकानीमा उनले आफ्नो बिहे योजना, बिहेमा लगाउने पहिरनको बिषयमा कुरा गरेकी छिन् ।

जान्हवीले भनिन्–‘मसँग बिहे कस्तो र कहाँ गर्ने भन्ने बिषयमा सुरुवातदेखि नै स्पष्ट तस्वीर छ । म तिरुपतिमा बिहे गर्न चाहन्छु । यो निकै मिठो सम्बन्ध हुनेछ । म बिहेमा सुन, सारी लगाउनेछु । मेरा कपाल निकै नै कर्ली हुनेछ । मेरो हुनेवाला श्रीमान् लुंगीमा बिहेमा सहभागी हुनेछन् । हामी केराको पातमा खान खानेछौ ।’

जान्हवीले आफूले तिरुपतिको यात्रा निकै गर्ने गरेको बताउँदे भनिन्–‘मैले जिन्दगीको सबैभन्दा ठूलो निर्णय आफूले सबैभन्दा धेरै माया गरेको मानिससँग गर्दै गर्दा सबैभन्दा पवित्र स्थानलाई नै रोजेकी हुँ । पहिले पनि म एक आफन्तको बिहेमा सहभागी हुन तिरुपति पुगेकी थिएँ । मलाई उक्त बिहेमा निकै नै रमाइलो लाग्यो ।’

जान्हवीले आफूलाई ठूलो खर्च गरेर तामझामका साथ गरिने बिहे मन नपर्ने बताउँदै भनिन्–‘जब यस्तो ठूलो कार्यक्रममा सबैको ध्यानको केन्द्र भइन्छ, यसले मलाई डर लाग्छ । यस्तो कार्यक्रममा सहभागी हुन मज्जा हुन्छ । तर, आफू नै सबैको ध्यानमा रहँदा मलाई डर लाग्छ ।’

जान्हवीले अभिनय गरेको चलचित्र ‘रुही’ रिलिजको तयारीमा छ । उनी चलचित्र ‘गुड लक जेरी’को छायांकन सुरु गर्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?