Comments Add Comment

‘कृष्ण लीला’को ‘डियर बन्न मन छ’मा पुष्प र श्रद्धाको छमछमी

‘म निदाउँदा तिम्रो हात’ बोलको गीतका कारण चैत्र २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्ण लीला’को चर्चा सुखद देखिन्छ । यसैविच, यसको निर्माणपक्षले चलचित्रमा समावेश दोश्रो गीत ‘डियर बन्न मन छ’ सार्वजनिक गरेको छ । निशान भट्टराई र समिक्षा अधिकारीको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत, नारायण प्रसाद बास्कोटाको शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रका अन्य कलाकारहरु वुद्दि तामाङ, रविन्द्र झा, भावना गुरुङलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ ।

यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माणपक्षले गरेको छ । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकाल र बाबु श्रेष्ठको छायांकन छ ।

दीपक वलीको निर्देशनमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । चलचित्रमा रतन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने प्रकाशराज कार्की र केवल तामाङ चलचित्रका निर्माता हुन् । चलचित्रमा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment