Comments Add Comment

अविश्वास प्रस्तावबारे उचित समयमा निर्णय गर्छौं : खाँड

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता हुने अविश्वास प्रस्तावको विषयमा उचित समय आएपछि निर्णय लिने बताएको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले अविश्वास प्रस्तावबारे अहिले निर्णय गर्न हतार हुने निश्कर्ष निकालेको हो ।

आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपाका सांसदहरुको भूमिकाको विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने भएको छ । बैठक पछि पत्रकारलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले उचित समयमा उचित निर्णय लिने बताए ।

‘बैठक प्रारम्भ भएपछि बैठकभित्र राजनीतिक दलका साथीहरुले खासगरी नेकपाका साथीहरुले कसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ, ती सबै कुराहरुलाई गम्भीरतापूर्वक  समीक्षा, विश्लेषण गरेर कांग्रेसले उचित समयमा उचित निर्णय गर्छ’ उनले भने ।

बैठकले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानवाद र लोकतन्त्रको विजय भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी कोभिड-१९ को खोप सबैलाई दिलाउने गरी बन्दोबस्त मिलाउन र कोभिडको समयदेखि बन्द भएका सीमा नाकाहरु स्वास्थ्य सर्तकताको मापदण्ड अपनाएर अबिलम्ब सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेको छ ।

शुक्रबारको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment