Comments Add Comment

विवेकशीलद्वारा सरकार र विप्लवबीचको सहमतिको स्वागत

२२ फागुन, काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिको विवेकशील दलले स्वागत गरेको छ ।

शनिबार दलका संयोजक समिति संयोजक बाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सरकार र विप्लवबीच भएको सहमतिको स्वागत गर्दै दुवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।

सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ भने प्रतिबन्ध सरकारले हटाएको छ । तर, विप्लवसँग भएका हतियार र सेनाबारे सहमतिमा कुनै खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment