Comments Add Comment

पूजाले गाली खानु भनेको मैले पनि गाली खाए जस्तै होः आकाश

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मित्रता गज्जबको छ । यी दुइका अनुसार, उनीहरु महिनामा २९ दिन बोल्दैनन् । उनीहरुको कुनै न कुनै बहाना झगडा पर्छ । तर, पनि यो जोडीको मित्रता बलियो छ भने दर्शकले पनि उनीहरुलाई अत्याधिक प्रेम दिएका छन् ।

केही दिन अगाडि एक टेलिभिजनमा एकसाथ अन्तरवार्ता दिने क्रममा पूजा र आकाशले एक अर्काको कमजोरी औल्याए । पूजाले त आकाश र आफूविच इगो नै भएको बताइन् । आफूहरुको सोच नै नमिल्ने पूजाको तर्क थियो ।

यो अन्तरवार्तापछि पूजा र आकाशविचको सम्बन्धमा फाटो आएको चर्चा भयो । उनीहरुका फ्यानहरु निराश भए । पूजाले फ्यानको नकारात्मक प्रतिक्रिया धेरै पाइन् ।

तर, शनिबार आयोजना भएको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा एकसाथ पुगेका पूजा र आकाशले आफूहरुको मनमा कुनै पाप नभएको बताए । उनीहरुले आफूहरु स्पष्ट बोल्ने भएकाले पनि कहिलेकाही नकारात्मक टिप्पणी आउने गरेको सुनाए ।

आकाशले भने–‘पूजाले गाली खानु भनेको मैले नै गाली खाए जस्तो हो । अनी, पूजाले माया पाउनु भनेको मैले माया पाए जस्तै हो । हामी जे कुरा हो, अन्तरवार्तामा पनि त्यही बोल्ने गर्दछौ ।’ पूजाले भने आकाशले आफ्नो फोन नउठाएकाले अन्तरवार्तामा पनि सोही रिस पोखेको तर्क गरेको बताइन् ।

पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन, संझना विर्सना’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment