Comments Add Comment

२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड

टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ रुपैयाँमा बिक्री भएको छ ।

मस्ककी प्रेमिका सिंगर ग्रिम्सले हालै आफ्नो डिजिटल कला संग्रहको लिलामी गरेकी हुन् । अनलाइनमा भएको उक्त लिलामीमा उनका डिजिटल कलाकृति झण्डै ६८ करोड रुपैयाँ बराबरको मूल्यमा २० मिनेटमै बिक्री भए ।

आफ्नो डिटिजल आर्ट कलेक्सनलाई ग्रिम्सले वारनिम्फ नामाकरण गरेकी थिइन् । त्यसमध्ये एउटा चित्रमा परी बच्चाले कसरी मंगल ग्रहको रक्षा गरिरहेको छ ? भन्ने देखाइएको छ ।

सबै कलाकृतिहरु नन फंगिबल टोकन्सको रुपमा बेचिएको हो । ग्रिम्स आफैले ट्वीटर मार्फत् जानकारी गराउँदै आफ्ना १० वटा कलाकृतिहरु ५८ लाख डलरमा बिक्री भएको खुलासा गरेकी छिन् । त्यसमध्ये परी बच्चाले मंगल ग्रहको रक्षा गरिरहेको छ तस्वीर आकर्षणको केन्द्र बन्यो र १० मिनेटमै ३ लाख डलरमा बिक्री भयो । न्यु बर्न टू शीर्षकको चित्र २५ लाख डलरमा बिक्यो ।

गायिका समेत रहेकी ग्रिम्सले आफ्नो क्रिप्टो डिजिटल कलाकृतिहरु ४८ घण्टाभित्रमा बिक्री हुने अपेक्षासहित लिलामीमा राखेकी थिइन् ।

लिलामीबाट उठेको रकमको केही हिस्सा हरितगृह ग्याँस उत्सर्जन कटौति सम्बन्धमा काम गर्ने संस्थालाई दान गर्ने ग्रिम्सको योजना छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment