+
+
Shares

गाडीले ठक्कर दिँदा स्कुटर चालककाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १४:३६

२३ फागुन, काठमाडौं । पोखराको बुलौदीमा स्कुटरलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

ग ५ प ८३६४ नम्बरको स्कुटरलाई नम्बर नखुलेको सवारी साधनले आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक धनकुटा शहीद भूमि गाउँपालिका–१ हुगुवा घर भई पोखराको बैदाम बस्ने ४७ वर्षीय जितबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?