+
+

प्रचण्ड-माधव समूहले दिएको सूचना दर्ता गर्न संसद सचिवालयद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २३ गते १४:३८

२३ फागुन, काठमाडौं । नेकपाको प्रचण्ड-माधव समूहले दिएको संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको छ ।

प्रचण्ड माधव समूहले गत शुक्रबार ११५ जना सांसदको उपस्थितिमा बैठक गरी केही दिनअघि संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको दावी गरेको थियो ।

उक्त बैठकको सूचना दिन नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरु संसद सचिवालयका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेका छन् ।

महासचिव गौतमले दर्ता नगर्ने अडान राखेपछि सांसदहरु पम्फा भुसाललगायतले दर्ता नगर्नुको कारण लेखेर दिन माग गरेका छन् ।

उनीहरुले न्युनतम काम पनि नगर्ने भए महासचिव किन चाहियो भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?