+
+
Shares

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ फागुन २३ गते १४:५८

२३ फागुन, काठमाडौँ । सरकारले आइतबारदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको छ । आइतबार काठमाडौंका विभिन्न अस्पतालबाट कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरेको हो ।

यसअघि पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र निजामती कर्मचारीलाई खोप दिइएको थियो ।

बीस दिनसम्म चल्ने ज्येष्ठ नागरिक खोप अभियानमा १६ हजारलाई खोप प्रदान गरिने जनाइएको छ ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १ दशमलव ४ प्रतिशतलाई खोप प्रदान गरिएको छ ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरिद गरिएको १० लाख मात्रा खोप ल्याइसकिएको छ भने १० लाख मात्रा खोप भारतबाट ल्याउने प्रक्रियामा छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?