
२३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८२५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4