
फाइल तस्वीर
२३ फागुन, काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम सम्बन्धी फैसला सर्वोच्च अदालतको संवैधानिक इजलासको यसअघिको फैसलासँग राय बाझिएको बताएका छन् ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार साविक एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि अधिवक्ता भट्टराईले भने, ‘पाँच न्यायाधीशले संवैधानिक इजलासमार्फत गरेको फैसलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अस्तित्व स्वीकार गरिएको थियो, त्यो फैसलासँग आजको फैसलाको राय बाझिएको छ ।’
रिट निवेदक ऋषिराम कट्टेलले माग दाबी नै नगरेको एकीकरण सम्बन्धी फैसला समेत अदालतले गरेको पूर्वउपाध्यक्ष भट्टराई बताउँछन् । उनी भन्छन्, ‘यो फैसला संवैधानिक कम र राजनीतिक बढी हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4