+

इन्टरसँग अंकदूरी कम गर्दै एसी मिलान

२०७७ फागुन  २४ गते ७:३५ २०७७ फागुन २४ गते ७:३५
इन्टरसँग अंकदूरी कम गर्दै एसी मिलान

काठमाडौं । इटालियन सिरी ए मा दोस्रो स्थानको एसी मिलानले हेलास भेरोनालाई पराजित गर्दै शीर्ष स्थानको इन्टरसँग अंकदूरी कम गरेको छ । एसी मिलानको जितपछि यी दुई टिमबीच अंकदूरी ३ मा झरेको छ ।

आइतबार भएको खेलमा मिलानले हेला भेरोनालाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

एसी मिलानका लागि राडे क्रुनिक र ५०औं मिनेटमा डिएगो डालोटले गोल गरे ।

जितपछि एसी मिलानले २६ खेलबाट ५६ अंक जोडेको छ । शीर्ष स्थानको इन्टरको २५ खेलबाट ५९ अंक छ ।

इन्टरले सोमबार एटलान्टासंग खेल्दैछ र उक्त खेल जितेमा फेरि एसी मिलानमाथि ६ अंकको अग्रता बनाउनेछ ।

यस्तै अर्को खेलमा जेनोओलाई १-० ले पराजित गर्दै रोमा चौथो स्थानमा उक्लेको छ । रोमाको २६ खेलबाट ५० अंक भएको छ ।

इन्टर मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय