Comments Add Comment

फिल्म सुरु भएपछि भिडियो खेल्दिनँः राजेश हमाल

नायक राजेश हमाल ४ बर्षपछि चलचित्रको पर्दामा फर्किदैछन् । हमालको चलचित्र यात्रा कमजोर बन्दै गएपछि उनले ब्रेक लिएका थिए । चलचित्रबाट ब्रेक लिएपनि राजेशले म्यूजिक भिडियोबाट भने ब्रेक लिएका छैनन् । उनले लकडाउन सकिएपछि एक दर्जन भिडियोमा अभिनय गरे । हमालले खेलेका भिडियोले दर्शकको उल्लेख्य साथ भने पाएनन् । किनकी, हमालले गीत राम्रो रोज्न नसकेको देखिन्छ ।

उनै, राजेश हमाल चलचित्रको छायांकन सुरु भएपछि म्यूजिक भिडियोको काम भने नगर्ने सोचमा छन् । हमाल भन्छन्–‘अहिले मैले भिडियोमा काम गरिरहेको छु । अब, चलचित्रको पनि तयार हुँदैछ । चलचित्रको काम सुरु भएपछि म भिडियोको काम ठ्याक्कै बन्द गर्छु ।’

राजेशले लकडाउन यता दर्जन भिडियोमा काम गरेपनि उनलाई दर्शकले भिडियोमा खासै रुची देखाएका छैनन् । हमालले भिडियो रोज्न नजानेको भनेर आलोचना पनि भैरहेको छ ।

लामो समयदेखि रिजर्भ बसेका हमाललाई दर्शकले एकैपटक चलचित्रमा हेर्न पाएको भए, त्यो सुखद हुने थियो । तर, चलचित्रको काम सुरु भएपछि हमालले भिडियोमा ब्रेक लिदा दर्शकको कौतुहलता उनीप्रति रहन्छ या रहँदैन, यो भने हेर्न बाँकी छ । राजेशले चलचित्र ‘सत्यम्’का लागि आफ्नो ज्यान पनि बनाइरहेका छन् । निर्माणपक्षका अनुसार, यो चलचित्रमा राजेशले आफ्नो सिक्स प्याक देखाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment