+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तलब नपाएको भन्दै प्रदेश अस्पताल सुर्खेतका करार स्वास्थ्यकर्मी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १७:०८
फाइल तस्वीर

२४ फागुन, सुर्खेत । तलब नपाएको भन्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । दुई महिनादेखि तलब नपाएको भन्दै विशेषज्ञ सेवा अन्तर्गतका ५८ जना करार स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन् ।

फागुन मसान्तभित्र आफ्ना माग सुनुवाइ नभए चैत १ गतेदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । ल्याब टेक्निसियन भक्तबहादुर बीसीका अनुसार आन्दोलित स्वास्थ्यकर्मीहरुले अस्पतालका निर्देशक डा. डम्बर खड्का, मुख्यमन्त्रीको कार्यालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रदेश अस्पतालका निर्देशक डा. खड्काले भने प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पर्याप्त बजेट नआउँदा विशेषज्ञ करारका कर्मचारीलाई तलब सुविधा दिन नसकिएको बताए ।

चालु आर्थिक वर्षको भदौमै बजेट अभाव भएपनि अस्पतालले विभिन्न स्रोत जुटाएर पुससम्मको तलब खुवाएको तर, माघदेखि भने खुवाउन नसकिएको डा. खड्ककाले बताए । ‘हामीले भदौयता विभिन्न स्रोतहरु जुटाएर तलब र सेवा सुविधा दियौं । तर, अब सबै स्रोतहरु सकिएको छ,’ खड्काले भने, तलब सुविधाको लागि प्रदेश सरकारसँग पटक–पटक माग गरेपनि बजेट आउन सकेको छैन ।’

कर्णाली प्रदेश सरकार गठन भएसँगै विशेषज्ञ सेवा विस्तार निर्देशिकामार्फत प्रदेशका विभिन्न अस्पतालहरुमा करारमा विशेषज्ञ कर्मचारी राखेको थियो । जसअन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा मात्रै ५८ जना विशेषज्ञ करार स्वास्थ्यकर्मी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?