Comments Add Comment

म्यानमारमा जारी आन्दोलनमा थप दुई प्रदर्शनकारीको मृत्यु

Photo Credit : EPA

२४ फागुन, काठमाडौं । सोमबार म्यानमार सैन्य कूको विरुद्धको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारको सबैभन्दा ठूलो ट्रेड युनियनले आयोजना गरेको राष्ट्रव्यापी आम हडतालको क्रममा प्रहरीले गोली चलाएको हो । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । सेनाले कू गरेसँगै म्यानमार निरन्तर राष्ट्रव्यापी आन्दोलन चलिरहेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार सार्वजनिक गरिएको तस्वीरमा म्यानमारको म्यित्किना सहरमा दुई प्रदर्शनकारी सडकमा लडिरहेको देखिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार ती दुई व्यक्तिहरु प्रदर्शनमा सहभागी थिए र प्रहरीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । प्रहरीले सडक नजिकैको भवनबाट चलाएको गोली लागेर अन्य केही मानिसहरु घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा एक प्रत्यक्षदर्शीले प्रहरीको गोली लागेर दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । अन्य तीन जना मानिसहरु घाइते भएका छन् । सोमबार म्यानमारको मुख्य सहर यान्गोनको पसल, कारखाना र बैंकहरु बन्द गरिएको छ । सोमबारको लागि म्यानमारका विभिन्न १८ श्रम संगठनले सैन्य शासनको विरोधमा आन्दोलनको घोषणा गरेका थिए ।

श्रम संगठनहरुले अब मुलुकमा प्रजातन्त्रको लागि लड्ने बेला आएको बताएका थिए । उनीहरुले आफूहरु म्यानमारको सेनाको दास नभएको भन्दै उनीहरुको निर्देशनमा काममा नजाने पनि उल्लेख गरेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment