Comments Add Comment

बाहिरी ब्यानरबाट पनि अफर आइरहेको छ, काम गर्छुः झरना थापा

२ दशक भन्दा लामो समय नायिकको रुपमा चलचित्र क्षेत्रमा बिताएपछि झरना थापा निर्देशक बनिन् । उनले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले बक्स अफिसमा सुखद व्यापार गर्यो । यसपछि, यही चलचित्रको तेश्रो सिरिज बनाएकी झरना सफल भइन् । यतिबेला उनी चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनमा छिन् । चलचित्रलाई आउँदो बर्षको भदौ १८ गते रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ ।

झरनाले लगातार आफ्नै घरको ब्यानरबाट चलचित्र निर्देशन गरिरहँदा, के उनी बाहिरी ब्यानरको चलचित्रमा काम गर्न उत्साहित नभएकी हुन् भन्ने प्रश्न उठेको छ । झरनालाई बाहिरी ब्यानरले नपत्याएका हुन् कि भन्ने आशंका पनि गर्ने ठाउँ प्रशस्त छ ।

यो पनि पढ्नुहोस अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ बाट प्रदर्शन हुने

तर, निर्देशक थापा भने आफूलाई बाहिरी ब्यानरबाट पनि अफर आइरहेको बताउँछिन् । उनी भन्छिन्–‘घर भन्दा बाहिरको चलचित्र गर्दिनँ भन्ने सोच मेरो छैन । मलाई अफर पनि आइरहेको छ । केही समय अगाडि मात्र २ वटा चलचित्रको स्क्रिप्ट आएको थियो ।’

झरनाले गोविन्द शाहीले पनि चलचित्रमा सहकार्य गर्नका लागि प्रस्ताव गरेको बताइन् । तर, आफूले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरेकाले पनि अन्य ब्यानरसँगको छलफल अगाडि बढ्न नसकेको झरनाको भनाई छ ।
निर्देशक थापाले आफू अन्य ब्यानरसँग पनि काम गर्न सधै तयार रहेको र चाडै काम हुने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment