
२५ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा र बाघको बच्चा मृत भेटिएका छन् ।
निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत कोर क्षेत्र नारायणी नदी कलकत्ता टापुमा ३० वर्षको भाले गैँडा मृत भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैँडा अर्को भाले गैँडासँग जुँधेर मरेको हो ।
गैँडाको खाग खुर सुरक्षित छन् । योसहित यस चालू वर्ष चितव राष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।
सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ ।
यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघको बच्चा मृत भेटिएको छ ।
निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघको बच्चा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
बाघको प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्ष मृत्यु भएको यो पहिलो बाघ हो ।
प्रतिक्रिया 4