Comments Add Comment

बुटवलमा २० करोड लगानीमा ‘होटेल दा फ्लामिंगो’

२५ फागुन, बुटवल । बुटवलमा तीनतारे स्तरको होटेल दा फ्लामिंगो सञ्चालनमा आएको छ । ‘तपाईंको दोस्रो घर’ नारा सहित बुटवलको योगिकुटीमा करिब १० कठ्ठा क्षेत्रफलमा फरक विशेषतासहितको होटेल सञ्चालनमा आएको हो ।

युवा उद्यमी दीलिप गौचन र श्याम शेरचनको झण्डै २० करोड लगानीमा सञ्चालनमा आएको होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार स्तरका ५२ वटा कोठा रहेका छन् ।

होटेलले आन्तरिकसँगै लुम्बिनी भ्रमणमा आउने विदेशी र बुद्धिस्ट पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य राखेको सञ्चालक दीलिप गौचनले बताए ।

होटलमा ४ सय जना क्षमताको ब्याङ्क्विट हल तथा सय जना र ३० जना क्षमताका २ वटा कन्फ्रेन्स हल, स्विमीङ पुल, जिम, स्पा, साउना, स्टिम बाथ, बुटवलको दृश्य अवलोकन गर्न सकिने रुफटप बार लगायतका सेवा उपलब्ध रहेको होटेलका महाप्रबन्धक काशी अधिकारी बताउँछन् ।

होटलमा थकाली संस्कृति झल्काउने विशेषता र परिकार पनि रहने अधिकारीले बताए । होटेलमा हाल ४० जनाले रोजगारी पाएका छन् भने पूर्ण क्षमतामा सञ्चालनमा आउँदा ७५ जनाले रोजगारी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment