Comments Add Comment

‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’ प्रकाशित

काठमाडौं । कलाकार तथा कला-लेखक नवीन्द्रमान राजभण्डारीको पुस्तक ‘पाश्चात्य कलाः संक्षिप्त इतिहास’को दोस्रो भाग सार्वजनिक भएको छ ।

यसअघि राजभण्डारीको ‘पाश्चात्य कला : संक्षिप्त इतिहास’ पहिलो भाग प्रकाशित भइसकेको छ । चित्रकार तथा कला अध्यापकसमेत रहेका राजभण्डारीले कलासम्बन्धी पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन् ।

कलाकार मदन चित्रकारका अनुसार पाश्चात्य कला शैलीको विकासका बारे सहज ढंगले बुझ्न नवीन्द्रको पुस्तकले सघाउने छ । उनले भने, ‘विश्व कलाका विविध आयाम र चिन्तनलाई नजिकबाट नियाल्न पुस्तक निकै उपयोगी रहेको छ । साथै पुस्तकले कलाको सिलसिलेबार विकासक्रम र त्यसको आधारलाई केलाएको छ ।’

प्रा.डा. अभि सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको यो पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जोकोहीका लागि उयपोगी हुने बताएका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कार पाइसकेका नवीन्द्रमान नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment