Comments Add Comment

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ ।

यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर, यसको मेकरले अब भने अप्रिल २ मा चलचित्र रिलिज नगर्ने भएको छ ।
रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् ।

अप्रिल २ बाट चलचित्र रिलिज गर्न यसका मेकर तयार भएका थिए । तर, अब भारतका विभिन्न स्थानमा कोरोना भाइरसको केस बढेसँगै चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ मा रिलिज नहुने भएको छ ।

अक्षय र रोहित सेट्टीले पनि तत्काल चलचित्र रिलिज गर्न नहुने निर्णय गरेका हुन् । महंगो बजेटमा बनेको चलचित्रलाई दर्शकको शत प्रतिशत अकुपेन्सीका साथ व्यापार हुन आवश्यक छ ।

तर, भारतको महाराष्ट्रमा पछिल्ला केही दिनदेखि कोरोनाको केस ह्वात्तै बढेको छ । यसैले पनि अब, यो चलचित्र अप्रिल २ मा नआउने पक्का भएको छ ।

योसँगै फेरि भारतमा कहिलेबाट दर्शकको चाप हलमा देखिन्छ भन्ने अनुमान लगाउन गाह्रो परेको छ ।

चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तान्ने र यसको असर नेपाली चलचित्रमा पर्ने विश्लेषण गर्दै केही मेकरले चैत्र २७ लाई प्रदर्शन मिति तोकेका थिए । अब, नेपाली चलचित्रका मेकरलाई पनि ‘सूर्यवंशी’ अप्रिल २ मा नआउँदा समस्या पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment