
२६ फागुन, काठमाडौं । मानव बेचबिखनमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ पशुपती टोल बस्ने ३४ वर्षीय काजी तामाङ र वडानम्बर १६ दक्षिण बस्ने प्रेमबहादुर मगर रहेका छन् ।
दुवैजनालाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर नगरपालिका-१६ दक्षिण गेटबाट नियन्त्रणमा लिएको हो ।
सिन्धुपाल्चोकका दुईजना महिलालाई होटेलमा काम लगाइदिने प्रलोभनमा पारी भारतमा बेच्न लैजान लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भै’रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4