Comments Add Comment

तीरथ सिंह रावत बने उत्तराखण्डको मुख्यमन्त्री

Photo Credit : ANI

२६ फागुन, काठमाडौं । भारतको उत्तराखण्डमा तीरथ सिंह रावत नयाँ मुख्यमन्त्री बनेका छन् । भारतीय जनता पार्टीको तर्फबाट सांसद बनेका रावतले बुधबार मुख्यमन्त्रीको शपथ लिएका छन् । मंगलबार त्रिवेन्द्र सिंह रावतले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मंगलबार मुख्यमन्त्रीको राजीनामा आएसँगै भाजपाले तीरथ सिंह रावतलाई मुख्यमन्त्रीको रुपमा चयन गरेको हो ।

उत्तराखण्डमा भाजपाको बहुमत छ तर भाजपाकै मुख्यमन्त्रीलाई पार्टीले फिर्ता बोलाएको हो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार तीरथ सिंह रावतले मुख्यमन्त्रीमा आफ्नो नाम घोषणा भएसँगै भनेका थिए, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टी प्रमुखप्रति आभारी छु, जसले मलाई भरोसा गरे । सानो गाउँको पार्टीको कार्यकर्तालाई यति ठूलो जिम्मेवारी दिइएको छ । मैले यो पद पाउँछु भनेर कल्पनासम्म पनि गरेको थिइनँ । म मानिसहरुले ममाथि गरेको भरोशा पूरा गर्ने प्रयास गर्नेछु र पछिल्ला चार वर्षमा भएका कामलाई गति दिनेछु ।’

सन् २००० मा गठन भएको उत्तराखण्डमा अहिलेसम्म आठजना मुख्यमन्त्री बनिसकेका छन् । तीरथ सिंह रावत गृहमन्त्री अमित शाहको निकटका नेता मानिन्छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment