+
+
Shares

नवनियुक्त डेपुटी गभर्नरहरूले गरे पदबहाली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १९:२९

२६ फागनु, काठमाडौं । नवनियुक्त डेपुटी गभर्नरहरू डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । उनीहरूले पदबहाली समेत गरे ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उनीहरुलाई सपथग्रहण गराएका हुन् ।

मंगलबार मन्त्रिपरिषदको निर्णय अनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।

सपथग्रहण समारोहमा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दैै गभर्नर अधिकारीले दुवै सक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त भएकोब ताए ।

डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकोमा खुसी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?