+
+
Shares

सम्भव छ एमाले-माओवादीको संयुक्त सरकार ?

अझै ओलीले उदारता देखाउने अपेक्षा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते ८:५४

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता दिन सकिने विषयमा समेत नेताहरुले छलफल थालेका छन् ।

यो विकल्पमा छलफल गर्नका लागि एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न चाहिरहेको छ । तर, संवादको पहल कसले थाल्ने ? दुवै पक्ष अर्काे पक्षले वार्ताको पहल गरोस भन्ने चाहान्छन् ।

केही समय यही विकल्पका सम्बन्धमा ओली समूहसँग छलफल गर्नका लागि नै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन् । वाम गठबन्धन निर्माणको प्रयास प्रधानमन्त्री ओलीको साथ र समर्थनमा मात्रै सम्भव हुने भएकाले सरकारलाई दिइएको समर्थन फिर्ता लिन ढिलाइ गरिएको माओवादी केन्द्रका एक नेताले बताए ।

माओवादी नेता भन्छन्, ‘तत्काल पार्टी एकता सम्भव नभए पनि एमाले र माओवादी केन्द्रको संयुक्त सरकारको बारेमा छलफल गर्न केही समय लिएका हौ ।’ तर, ओलीको वार्ता सकारात्मक रुपमा अगाडि नबढेमा कांग्रेस र समाजवादीसँग मिलेर सरकार बनाउन ओलीलाई दिएको विश्वासको मत फिर्ता लिने विषयमा समेत माओवादी केन्द्रभित्र गृहकार्य भइरहेको छ ।

उता बुधबार नेकपा एमालेको माधव नेपाल समूहको बैठकले पनि वामपन्थीको सरकार निर्माणमा नै जोड दिएको छ । बुधबार साँझ हिमालय टेलिभिजनसँग कुराकानी गर्दै एमाले नेता योगेश भट्टराईले माओवादी वा अन्य दलबाट नभइ एमालेबाटै अर्काे प्रधानमन्त्री बन्न सक्ने उल्लेख गरे ।

भट्टराईले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको सरकार बन्नेमा अवस्थामा केपी ओलीले छोडनुपर्ने भएकाले अहिले वामपन्थी सरकार बनाउने मूल्यमा छोड्दा राम्रो हुने बताए । उनले ओलीले माओवादीलाई चित्त बुझाएर सरकारलाई निरन्तरता दिएमा आफूलाई कुनै आपत्ति नहुने र खुसी नै हुने बताए ।

नेपाल पक्षको बुधबारको भेलामा धेरै नेताले वाम एकता र वामपन्थी सरकारमा जोड दिएका थिए । माधव पक्षका केन्द्रीय सदस्यहरुले अहिलेको जनमत वाम सरकारलाई भएकाले सकेसम्म वाम एकता कायमै राख्नुपर्ने, नभए वाम गठबन्धनको सरकार बनाउनुपर्नेमा जोड दिएका छन । ‘वामपन्थीहरुको सरकार बनाउन जोड दिनुपर्छ । अध्यक्ष केपी शर्मा ओलीलाई त्यही सुझाव दिनुपर्छ’, वरिष्ठ नेता माधव नेपालले भेलामा भने ।

माओवादी र एमालेका नेता ओलीले केही उदारता देखाएमा तत्कालका लागि वामपन्थीको संयुक्त सरकार बन्ने बताउँछन् । विशेषत माओवादी केन्द्र र एमालेका केही युवा नेता जसरी पनि वाम गठबन्धन लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?