Comments Add Comment

प्रहरीले भन्यो : दिनेश लोधको हत्या यौन सम्बन्धका कारण

२७ फागुन, काठमाडौं । रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो । उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट प्रहरीले फागुन २५ गते रामवरण यादवलाई पक्राउ गरेको छ ।

आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको खुलेको प्रहरीको दावी छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

लोधको टाउकोमा गम्भीर चोट लागेको, नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।

घटनास्थलबाट उठाइएको सवुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ ।

यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment