Comments Add Comment

म्यानमार : सेनाले लगायो सुकीमाथि घुस लिएको आरोप

२७ फागुन, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ । गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाइएको हो । यद्यपि सेनाले यस विषयमा कुनै पनि प्रमाण भने दिएको छैन ।

त्यस्तै राष्ट्रपति विन मिन्ट र क्याबिनेटका केही मन्त्रीहरुमाथि पनि भ्रष्टाचारको मुद्दा चलाइएको छ । सेनाले मुलुकमा कू गर्दा सुकीलाई पनि हिरासतमा लिएको थियो । त्यसयता उनलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन । सेनाले सत्ता आफ्नो हातमा लिएसँगै सुकीलाई हिरासतमै राख्न विभिन्न मुद्दा लगाउँदै आएको थियो । यसै सिलसिलामा सुकीमाथि बिहीबार नयाँ मुद्दा लगाइएको हो ।

म्यानमारमा सेनाले कू गरेयता मुलुकमा निरन्तर आन्दोलन चल्दै आएको छ । मानिसहरुले सेनाले गरेको कूको विरोध गर्दै मुलुकमा प्रजातन्त्र पुनर्बहालीको माग पनि गर्दै आएका छन् । उनीहरुले हिरासतमा लिइएका सबै नेताहरुलाई तत्काल रिहाइको पनि माग गर्दै आएका छन् । अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ६० भन्दा धेरैको मृत्यु भइसकेको छ । बिहीबार मात्र आन्दोलनमा प्रहरीको गोली लागी कम्तीमा सातजनाको मृत्यु भएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment