Comments Add Comment

चीनमा हङकङको निर्वाचनमा अंकुश लगाउने नियम पारित

Photo Credit : REUTERS

२७ फागुन, काठमाडौं । चीनको संसद्ले हङकङको निर्वाचनमा अंकुश लगाउन सक्ने विवादित नियम पारित गरेको छ । पारित गरिएको नियममा हङकङको निर्वाचनमा उम्मेदवारका विषयमा पनि विशेषाधिकार (भिटो) प्रयोगको अनुमति दिइएको छ । हङकङमा ठूलो संख्यामा मानिसहरुले प्रजातन्त्रको विषयमा प्रदर्शन गर्दै आएको अवस्थामा चीनले देशभक्त उम्मेदवार छान्नका लागि यो नियम ल्याएको हो । बिहीबार चीनको संसद्का दुईहजार ८९५ सदस्यले यो योजनाको पक्षमा मतदान गरेका थिए । यो नीतिको विपक्षमा भने कुनै मत परेको थिएन । एक सांसद अनुपस्थित थिए ।

आलोचकहरुले यो कानुन हङकङको प्रजातन्त्रवादी आन्दोलन दबाउन चालिएको अर्को कदम भएको बताएका छन् । चीनको संसद्का प्रवक्ता वाङ चेङले भने, ‘यो निर्णयको उद्देश्य हङकङ सञ्चालन गर्ने अधिकार पूर्णरुपमा देशभक्त र हङकङलाई माया गर्ने मानिसको हातमा जाओस् भन्ने हो ।’

चीनले सन् २०१९ मा हङकङमा प्रजातन्त्रको पक्षमा ठूलो आन्दोलन देखिएसँगै निरन्तर उनीहरुको आन्दोलन दबाउन विभिन्न किसिमको नियम ल्याइरहेको छ । गत वर्ष चीनले हङकङका लागि नयाँ सुरक्षा कानुन ल्याएको थियो । यो कानुनअन्तर्गत अहिले पनि धेरै प्रजातन् त्रवादी नेताहरु जेलमा छन् ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment