+
+

नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते २०:४५

२७ फागुन, काठमाडौं । यौन दुर्व्यवहार गरेको ठहरपछि नेपाली सेनाका जर्नेल पंकज कार्की बर्खास्त भएका छन् ।

सैनिक आचरणविपरीत कार्य गरेकाले सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको हो । कार्की २८ नम्बर बाहिनी सिराहामा कार्यरत थिए ।

सैनिक अनुशासन उल्लंघन गरेकाले कार्कीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी निष्काशन गरेको प्रवक्ता पौडेलले बताए ।

त्यस्तै सैनिक आचरण विपरीत काम गरेको ठहर भएपछि एक सैनिक अधिकृत महिलालाई पनि निष्काशन गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?