Comments Add Comment

अन्तिम खेलमा आरसिटीमाथि सातदोबाटो विजयी

२७ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिग च्याम्पियन सातदोबाटोले अन्तिम खेलमा आरसिटीलाई १-० ले पराजित गरेको छ । दुई खेलअघि नै च्याम्पियन बन्दै सातदोबाटो ए डिभिजनमा बढुवा भइसकेको छ र अन्तिम खेलमा जित हात पार्दै लिगको सुखद अन्त्य गर्न सफल भयो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन रमेश कुमार राजवंशीले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।

च्याम्पियन सातदोबाटोले १५ लाख, उपविजेता खुमलटार युथ क्लबले १० लाख, तेस्रो भएको बाँसबारीले ८ लाख र चौथो भएको ब्वाइज युनियन क्लबले ५ लाख रुपैयाँ पाएको छ ।

लिगको व्यक्तिगत विधाको पुरस्कारमा च्याम्पियन सातदोबाटो र उपविजेता खुमलटारका खेलाडीको वर्चस्व रह्यो । खुमलटार युथ क्लबका सबिन केसी उत्कृष्ट फरवार्ड घोषित भए । यस्तै खुमलटारकै अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए ।

सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर र बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर, सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्‍यो ।

बिहीबारै भएको पहिलो खेलमा मध्यपुर युथ एसोसिएसनले एक गोलले पछि परेको स्थिति उल्टाउदै झम्सीखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment