Comments Add Comment

गोकर्णेश्वर नगर स्तरीय तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता शनिबार हुने

२८ फागुन, काठमाडौ । गोकर्णेश्वर नगरपालिकाको आयोजना, गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन तथा इस्टपोल उच्च माविको सहआयोजनामा शनिबार गोकर्णेश्वर नगर तेक्वान्दो खेलाडी छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार एकदिने प्रतियोगिता हुने जानकारी दिएको हो ।

गोकर्णेश्वर नगरपालिकामा छरिएर रहेका तेक्वान्दो खेलाडीको वृद्धि र विकासका लागि छनोट प्रतियोगिता आयोजना गर्न लागेको आयोजक गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिका अध्यक्ष सोभित गिरीले बताए । प्रतियोगितामा १६० खेलाडी सहभागी जनाउने गिरीले बताए ।

प्रतियोगितामा पुम्सेतर्फ २ र गेरोगीतर्फ १७ गरी कुल १९ विधामा प्रतिस्पर्धा हुनेछ ।

विजेता खेलाडीले मेडल तथा ट्रफी पाउनेछन् । यस्तै महिला र पुरुषको उत्कृष्ट खेलाडीलाई बेस्ट फाइटरको अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

छनोट प्रतियोगितापछि उत्कृष्ट खेलाडीहरुलाई क्लोज क्याम्पमा राख्ने र प्रशिक्षक खटाएर प्रशिक्षण गराउने व्यवस्था गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि कुल ४ लाख २७ हजार रुपैयाँ बजेट लाग्ने र ३ लाख रुपैयाँ गोकर्णेश्वर नगरपालिकाले उपलब्ध गराउने सम्झौता भएको र बाँकी रकम आफैं खोज्ने सोभित गिरीले बताए ।

यस्तै सहआयोजक इस्ट स्कुलका भाइस प्रिन्सिपल प्रकाश अधिकारीले प्रतियोगिताका लागि भेन्यु उपलब्ध गराउने र केही आर्थिक सहयोग गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment