+
+
Shares

नगदको कारोबार कम गर्दै जानुपर्छ : गभर्नर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १७:१४

२८ फागुन, विराटनगर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नगदको कारोबार नगर्न आग्रह गरेका छन् ।

शुक्रबार विराटनगरमा अटो रिक्सा चालकलाई अनलाइन प्रविधिबाट भुक्तानी लिन मिल्ने क्यूआर कोड हस्तान्तरण गर्दै अधिकारीले नगदको कारोबार कम गर्दै जानुपर्ने बताएका हुन् ।

शुक्रबार एनसीसी बैंकले विराटनगरमा केएन अटो यातायात प्रालिमा आवद्ध अटो चालकलाई क्यू आर कोड उपलब्ध गराएको थियो । अटो चढेर गभर्नर अधिकारी आफैंले क्यूआर कोडबाट भुक्तानी गरी अनलाइन कारोबार गर्न आग्रह गरेका हुन् ।

क्यूआर कोर्ड वितरणका लागि पुगेका अधिकारीले अनलाइन कारोबार गर्न आग्रह गरे । ‘नगद अधिकांश विकृतिको जड हो, अधिकांश झगडाको बीऊ नगद हो,’ उनले भने ‘नगद विकृतिको जड भएर बसेको छ ।’

‘म आफू गर्भनर, आफैं नोटमा सही गर्छु,’ उनले अघि भने ‘त्यो नोट कम चलाइदिनुहोस् र डिजिटल माध्यमबाट भुक्तानी लिदिनुहोस् ।’

गभर्नर अधिकारीले शुक्रबार नै विराटनगर गुद्री बजारका व्यापारीलाई पनि डिजिटल भुक्तानीका लागि क्यूआर कोड हस्तान्तरण गर्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?