Comments Add Comment

१४ वर्षपछि फिल्म क्षेत्रले सम्झँदा विपनाको आँखामा आँसु

नेपाली चलचित्र क्षेत्रमा डेढ दशक अगाडि नायिका विपना थापाको क्रेज उचाइमा थियो । विपनाले १११ वटा चलचित्रमा अभिनय गरिन् । उनले अभिनय गरेका थुप्रै चलचित्रले निर्माताको गोजी भरिदिए । दर्शकहरु विपनाको नाममा नै चलचित्र हेर्न हलसम्म पुग्थे ।

उनै, विपना चलचित्र क्षेत्रबाट पछिल्लो एक दशकदेखि टाढा छिन् । बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी विपना शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् ।

१४ बर्षपछि नेपाली चलचित्रको कुनै कार्यक्रममा सहभागी हुन पाउँदा विपनाको आँखा आँशुले भरियो । उनले भनिन्–‘१४ बर्षपछि मलाई चलचित्र क्षेत्रले संझिएको छ । १४ बर्षसम्म मलाई कसैले पनि याद गरेन । कुनै बेलामा १११ वटा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले संझदा निकै नै खुशी लागेको छ ।’ यसो भन्दै गर्दा विपनाका आँखा रसाए । विपनाले आँखा भरी आँशु पार्दै भनिन्–‘सायद, म नेपालमा नभएर पनि होला मलाई याद गरिएनँ । तर, मेरा प्राविधिकहरुले मलाई संझिएका छन् । आज आफ्नै घरमा आएको महशुश भएको छ ।’

विपनाले भनिन्–‘यति धेरै मानिसहरुले मलाई संझिनुहुन्छ भन्ने सोचेकी थिइनँ । म यहाँ नभएर पनि होला, मलाई आजसम्म चलचित्र क्षेत्रको कुनै पनि कार्यक्रममा कसैले बोलाएको थिएनँ । म १११ वटा चलचित्र खेल्ने कलाकार ।’

नायिका थापाले आफै चाडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् । उनले भनिन्–‘म चाडै नै फर्किन्छु । कोभिड अगाडि नै चलचित्रमा काम गर्ने कुरा भएको थियो । तर, कोभिडका कारण काम अगाडि बढ्न सकेन । अब, त्यो काम अगाडि बढ्छ र दर्शकमाझ आउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment