Comments Add Comment

अमेरिकामा १० करोडभन्दा धेरैले लगाए कोरोना खोप

१ चैत, काठमाडौं । अमेरिकामा १० करोडभन्दा धेरै मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले अहिलेसम्म १० करोड एक लाख मानिसले कोरोनाविरुद्धको खोप लिइसकेको बताएको हो । सन् २०२० को अन्तिमबाट अमेरिकामा कोरोना खोप कार्यक्रम सुरु भएको थियो ।

सीडीसीले दिएको जानकारीअनुसार तीन करोड ५० लाखभन्दा धेरै मानिसले कोरोनाको पूर्ण खोप लिइसकेका छन् । यो संख्या अमेरिकाको समग्र जनसंख्याको १० दशमलव ५ प्रतिशत हो । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा दुई करोड ९३ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने पाँच लाख ३२ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

गत बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी मे १ सम्ममा सबै वयस्क अमेरिकी नागरिकले कोरोना खोप पाउने बताएका थिए । उनले जुलाई ४ मा कोरोनाविरुद्ध स्वतन्त्रता दिवस पनि मनाउने बताएका थिए । बाइडनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड मानिसलाई कोरोना खोप पुर्‍याउने बाचा गरेका थिए ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment