Comments Add Comment

रुपन्देहीबाट पेस्तोलसहित तीनजना पक्राउ

१ चैत, बुटवल । रुपन्देहीबाट पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् ।

यूपी ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment