+
+
Shares

नेपाल र खनाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १ गते १८:०३
फाइल तस्वीर

१ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गर्न नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर प्रचण्डसहित खनाल र नेपालसँग कुराकानी गर्न प्रचण्ड कोटेश्वर पुगेका हुन् । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारबाट सुरु भएको छ । सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुले बिफ्रिङ गरेपछि बैठक स्थगित गर्दै प्रचण्ड कोटेश्वर निस्किएका हुन् ।

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमाले ब्युँताइ दिएपछि प्रचण्ड र खनाल–नेपाल अलग भएका छन् । खनाल र नेपाल एमालेमै बसेका छन् भने प्रचण्डले माओवादी केन्द्रको गतिविधि अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?