Comments Add Comment

प्रिन्स र अनुमायाले जिते साइनो मेयर कपको उपाधी

१ चैत, काठमाडौं । प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधी सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले जितेका छन् ।

पुरुष एकलतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले एपीएफका दिपेश धामीलाई २३-२१, २१-१८ को सेटमा पराजित गरे । दाहालले ५० हजार र धामीले ३० हजार रुपैयाँ पाए । सेमिफाइनल खेलेका पुलिस क्लबका बिष्णु कटुवाल र सेनाका रुकेश महर्जनले नगद १०-१० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । क्वार्टरफाइनल खेलेका सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, भुपु सैनिकका सहरोज अन्सारी र सेनाका भोजबहादुर गुरुङ्गले नगद ५-५ हजार प्राप्त गरे ।

आइतबार साङ्लास्थित साइनोको कभर्डहलमा भएको महिला एकलतर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१-१०, २१-१७ को सोझो सेटमा पराजित गर्दै आर्मीकी अनुमाया राईले उपाधी हात पारेकी हुन् । राईले नगद ३० र गिरीले १५ हजार रुपैयाँ पाइन् । सेमिफाइल खेलेका एपीएफकी शोभा गौचन र धादिङकी तारा आलेले जनही ७ हजार ५ सय रुपैयाँ पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment