+

एसी मिलान हार्दा लिग लिडर इन्टरलाई फाइदा

२०७७ चैत  २ गते ९:३० २०७७ चैत २ गते ९:३०
एसी मिलान हार्दा लिग लिडर इन्टरलाई फाइदा

२ चैत, काठमाडौ । इटालियन सिरी ए मा दोस्रो स्थानको एस मिलान नापोलीसँग पराजित हँदा शीर्ष स्थानको इन्टर मिलानलाई फाइदा पुगेको छ ।

आइतबार भएको खेलमा इन्टरले टोरिनोलाई २-१ ले पराजित गर्दै एसी मिलानमाथि ९ अंकको अग्रता बनाएको थियो ।

एसी मिलानलाई अग्रता कम पार्ने अवसर थियो । तर एसी मिलान नापोलीसँग १-० ले पराजित भएपछि इन्टरले ९ अंककै अग्रता कायम राख्न सफल भएको छ ।

१० खेलाडीमा रहेर खेलको अन्त्य गरेको एसी मिलान घरेलु मैदानमै पराजित भएको हो ।

नापोलीलाई जित दिलाउन माटियो पोलीटानोले निर्णायक गोल गरे । उनले ४९ औं मिनेटमा गोल गरेका थिए ।

खेलको इन्जुरी टाइममा एन्टे रेबिकले रातो कार्ड पाएपछि घरेलु टिम एसी मिलान केही समय १० खेलाडीमा समेटिएको थियो ।

जितपछि २७ खेलबाट ५६ अंक जोडेको नापोली अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

समान खेलबाट ५६ अंकसहित एसी मिलान दोस्रो स्थानमै यथावत छ । शीर्ष स्थानको इन्टरको २७ खेलबाट ६५ अंक भएको छ ।

इन्टर मिलान एसी मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय