Comments Add Comment

अब ‘खोप पासपोर्ट’ !

२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि विश्वका धेरै मुलुकमा खोप कार्यक्रम सञ्चालन भइरहेका छन् ।

खोप अभियानसँगै सीमा खोल्न र आर्थिक गतिविधि बढाउन ‘खोप पोसपोर्ट’ वितरण गर्ने विषयमा छलफल सुरु भएको छ । यसले सुरक्षित रुपमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन सकिने समर्थकहरुले बताएका छन् ।

चीन र इजरायलजस्ता मुलुकले आगामी दिनमा अन्तर्राष्ट्रिय भ्रमण खुला गर्ने र आर्थिक क्रियाकलाप बढाउन कोरोना प्रतिरोधी भएको प्रमाणीकरणको लागि आफ्नै प्रक्रिया अपनाइरहेका छन् । केही मुलुक कोरोना खोप लगाएको प्रमाणपत्र दिने विषयमा छलफल गरिरहेका छन् । त्यसो त यो अवधारणामा आशंका गर्ने पनि कम छैनन् ।

के हो त खोप पासपोर्ट ?

खोप पासपोर्ट कुनै पनि मानिसले कुनै रोगविरुद्धको खोप लिएको छ भनेर पुष्टि गर्ने कागजात हो ।

उदाहरणका लागि कोरोना खोप लगाएको पुष्टिका लागि दिइने कागजातलाई कोरोना खोप पासपोर्ट भनिन्छ । खोप पासपोर्ट हस्ताक्षर र स्ट्याम्पसहित कागज वा क्युआर कोडका रुपमा दिन सकिन्छ । ंखोप पासपोर्ट आगामी दिनमा अन्तर्राष्ट्रिय भ्रमणका साथै थिएटर र रेष्टुरेन्टमा प्रवेश गर्नका लागि पनि आवश्यक पार्नसक्ने जानकारहरु बताउँछन् ।

यद्यपि खोप पासपोर्टको योजनाले समाजमा विभाजन बढाउने केहीको भनाइ छ । यस्तोमा खोप पासपोर्ट भएका र नभएका गरी समग्र समाज दुई भागमा विभाजित हुने र केही सामाजिक क्रियाकलापमा एकाथरीले मानिसले अवसर पाउने र खोप पासपोर्ट नभएकै कारण अर्को पक्षलेसहभागी हुन नपाउनेजस्ता समस्या उत्पन्न हुने सम्भावना बढ्नेछ ।

खोप पासपोर्टको चर्चा किन ?

अहिले कोरोना खोप कार्यक्रम विश्वका धेरै मुलुकमा सञ्चालन भइरहेको छ । सुरक्षितरुपमा अन्तर्राष्ट्रिय भ्रमणको लागि सीमा खोल्ने र आर्थिक गतिविधि बढाउन खोप पासपोर्ट महत्वपूर्ण हुन सक्ने केहीको दाबी छ । सैद्धान्तिकरुपमा खोप लगाएको प्रमाण भएका मानिसहरुलाई मात्र मुलुकमा प्रवेशको अनुमति दिने निर्णय कोरोना नियन्त्रणको लागि निकै महत्वपूर्ण बन्नेछ ।

वास्तविकतामा भने खोप पासपोर्ट कसरी बनाउने र कार्यान्वयनमा ल्याउनेजस्ता चुनौती देखिनेछन् । त्यतिमात्र पनि होइन, असमानता बढाउने, गोपनीयताको अधिकार हनन हुन सक्ने र कोरोना नियन्त्रणको प्रयासमा अवरोध सिर्जना हुन सक्ने जोखिम पनि खोप पासपोर्टको अवधारणामा हुनेछ ।

कहिलेदेखि सुरु होला खोप पासपोर्टको प्रयोग ?

केही मुलुकले यसअघि नै कोरोना खोप पासपोर्ट दिइसकेका छन् । यद्यपि विश्वभर यसको प्रयोगको विषयमा विभिन्न किसिमको आशंका देखिएको छ । उदाहरणका लागि इजरायलले मानिसहरुलाई कोरोना खोप लगाएको प्रमाणपत्र दिन थालेको छ । यसलाई गि्रन पास नाम दिइएको छ ।

यो प्रमाणपत्र भएका मानिसलाई कोरोनाविरुद्धको प्रतिरोधी क्षमता भएका मानिसको रुपमा हेरिन्छ । यो प्रमाणपत्र ६ महिनासम्मका लागि मान्य हुनेछ । यसकिसिमको प्रमाणपत्र भएका मानिसहरुले कोरोना नियन्त्रणको लागि भन्दै प्रतिबन्ध लगाइएको जिम, रेष्टुरेन्ट, थिएटरमा जानेजस्ता अनुमति पाउनेछन् । त्यस्तै उनीहरुले विदेश भ्रमणमा जाने अनुमति पनि पाउनेछन् । इजरायलले यसअघि नै गि्रस र साइप्रससँग यस्तो सम्झौता गरिसकेको छ ।

चीनले पनि खोप पासपोर्टका साथै कोरोना परीक्षणको रिपोर्ट आवश्यक पर्ने नियम ल्याएको छ । त्यस्तै बहराइनले पनि यसको सुरुआत गरिसकेको छ भने डेनमार्क र स्वीडेनले पनि खोप पासपोर्ट जारी गर्ने तयारी गरिरहेका छन् । युरोपेली संघ -ईयू) खोप पासपोर्ट जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलको क्रममा छ ।

फाइदाको र नोक्सानी

खोप पासपोर्टको पक्षमा वकालत गरिरहेका मानिसहरु यसको माध्यमबाट सुरक्षितरुपमा अन्तर्राष्ट्रिय भ्रमण र अर्थतन्त्र खोल्न सकिने बताउँछन् । यद्यपि सबैलाई कोरोना खोप पुर्‍याउन नसकिएको अवस्थामा भने यो ठूलो पक्षपात हुने नोबेल पुरस्कार विजेता अमेरिकी अर्थशास्त्री जोसेप स्टिग्लिज बताउँछन् । यसले पर्याप्त मात्रामा कोरोना खोप पुर्‍याउन नसकेका मुलुकलाई समस्या उत्पन्न गराउने उनको भनाइ छ । ‘अहिले अर्बौं मानिसहरुले कोरोना खोप पाएका छैनन् वा फरक फरक मुलुकको खोपमा फरक फरक किसिमको प्रतिरोधी क्षमता देखिएको छ । साथै उनीहरुले एन्टिबडी परीक्षण पनि फरक किसिमले गरिएको छ । यस्तोमा खोप पासपोर्ट कसरी सबै अन्तर्राष्ट्रिय प्रणालीमा सुहाउँदो किसिमको बन्न सक्छ ?’ उनले भने ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment