+
+
Shares

निफ्राले लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १२:०३

२ चैत, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको जानकारी दिए ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बन्ड जारी हुँदैछ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौं ।’ सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि प्रमुख कार्यकारी खतिवडाले जानकारी दिए ।

लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट र्‍यापिङ’ गरि बोन्ड जारी हुने गरी प्रक्रिया अघि बढेको उनको भनाइ छ । पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए । उनले निफ्रामा रणनीतिक साँझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ ।

ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालिन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौं,’ खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए । निफ्राले बैंक तथा वित्तिय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरेको गणना हुने गरी बोन्ड तयार गरिएको छ । त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ ।

इन्स्योरेन्स कम्पनीहरुले त्यस्तो बोन्ड खरिद गर्दा पुर्वाधारमा लगानी गरे बराबर मान्यता दिइनेछ । विशेष गरि जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्दि्रत हुनेछ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?