Comments Add Comment

‘ए फर एप्पल’का लागि प्रमोदको यस्तो गेटअप

कलाकार प्रमोद अग्रहरी हरेक चलचित्रमा आफूलाई भिन्न गेटअपमा प्रस्तुत गर्न माहिर छन् । कुनै पनि क्यारेक्टरका लागि आफ्नो शत प्रतिशत दिने प्रमोद नयाँ चलचित्र ‘ए फर एप्पल’मा काम गरिरहेका छन् । यो चलचित्रका लागि उनले बनाएको गेटअपले धेरैको ध्यान आकर्षित गर्छ । शनिबार काठमाण्डौको सोल्टी क्राउन प्लाजामा भेटिएका प्रमोदले नयाँ चलचित्रका लागि आफूले नयाँ गेटअप बनाएको बताए ।

यो अवार्ड समारोहमा प्रमोदले चलचित्र ‘कथा काठमाण्डु’बाट ‘उत्कृष्ट खलपात्र’को अवार्ड पनि जिते । चलचित्रमा प्रमोदले निर्वाह गरेको भूमिकालाई दर्शकले रुचाएका थिए ।

नेपाली चलचित्र क्षेत्रमा केही कलाकारको चर्चा धेरै भएपनि उनीहरुको काम फितलो हुन्छ । तर, कतिपय कलाकारहरु चर्चा भन्दा बाहिर रहेर आफूलाई बलियो रुपमा प्रस्तुत गर्न माहिर छन् । प्रमोद पनि यस्तै कलाकारमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment