Comments Add Comment

जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना

३ चैत, काठमाडाै‌ । जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ। कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ।

जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो। जम्मा १६७ सुपरिवेक्षक र ७३९ जना गणक परिचालन हुने तथ्याङ्क कार्यालय दाङका प्रमुख तुलसीराम पोखरेलले जानकारी दिए।

सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्ण लेआवेदन दिन पाउनेछन्। अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन्।  सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।

यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ। यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो।

करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ। फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन्।

अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो। ‘बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस भनेर करारमा लिन थालिएको हो’ प्रमुख पोखरेलले भने। यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ छ ।

जिल्लामा सात इलाकामा जनगणना कार्यालय रहने भएका छन्। जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ। त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment