
३ चैत,रुपन्देही । एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका २ स्थित अमुवाबाट उनीहरुलाई मंगलबार पक्राउ गरिएको एपीएफले जनाएको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका १ बस्ने २० वर्षीय राजु बुढाथोकी र ३१ वर्षीय संजीव भट्टराई छन् । भारतबाट लु ६८ प ८ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मजरकट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागेर जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथमा नाईट्रोजेपाम ट्याब्लेट १५ वटा, वानरेक्स कफ ३ बोतल र २४ वटा स्पामर्ट ओकहार्ड क्याप्सुल बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका धकधईमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4