+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तोकिएभन्दा बढी भार बोकेमा मालसामान सडकमै झारिने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १७:३१

३ चैत, काठमाडौं । अब सडकमा मालवाहक सवारी साधनहरुले तोकिएभन्दा बढी भार बोक्न नपाउने भएका छन् । चैत १५ गतेदेखि सडकमा तोकिएको भन्दा बढी माल बोकेर आएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामाग्री झारिने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असरहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले जारी भएको ‘मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ कडा रुपमा लागू गर्न लागिएको बताएको छ ।

सो निर्देशिकामा मालवाहक सवारी साधनहरुले तोकिएको मापदण्ड बमोजिमको भार ओसारपसार गर्नुपर्ने व्यवस्था छ । विभागले मुख्य सडकहरुमा तौल पुल निर्माण गरी सवारी साधनको भारवहन नियमन र नियन्त्रण गर्ने कार्य योजनाअनुसार चितवनको आपटारी र महोत्तरीको बर्दिबासमा तौलपुल निर्माण भई सञ्चालनमा आइसकेको बताएको छ ।

सडकमै मालसामान झार्दा हुने सबै किसिमका परिस्थिति वा नोक्सानीको व्यवसायी स्वयम् जिम्मेवार हुने र नियमानुसारको जरिवाना गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए । ‘अर्बौं खर्च गरेर बनाइएका सडकमा तोकिएको भन्दा बढी भार बोकेर सवारी गुड्दा लगानी नै खेर जाने अवस्था आएको छ,’ भुसालले भने,’सवारी दुर्घटनाको समेत समस्या बढ्ने देखिएका कारण यो नियममा कडाइ गर्न लागेका हौं ।’

कुन सवारीले कति भारी बोक्न पाउँछन् ?



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?