
३ चैत, विराटनगर । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन नेपालले विराटनगरमा जुत्ता चप्पल मेला आयोजना गर्ने भएको छ । चैत ५ गतेदेखि एक महिनाका लागि विराटनगरमा मेला आयोजना गर्न लागेको हो ।
मेलामा विभिन्न २० वटा ब्राण्डका जुत्ता चप्पल राखिने आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा ५ हजार बढी मोडलका २ लाख ५० हजार जोर जुत्ता चप्पलको बिक्री हुने अनुमान रहेको उनले बताए । मेलामा १ सयदेखि १० हजार रुपैयाँसम्मका जुत्ता चप्पल राखिनेछ भने १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ ।
मेलामा बेस ग्लोबल प्रालि, शिखर सुज इण्डष्ट्रिज, कोसेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, नियासा सुज इण्डष्ट्रिज, रोयल फुटवेयर इण्डष्ट्रिज, शुभकामना फुटवेयर प्रोडक्ट, पवित्रा सुज इण्डष्ट्रिज, रन सुज इण्डष्ट्रिज, स्मार्ट सुज इण्डष्ट्रिज, जय श्री पियु टेक र सुरबी पोलमर्सलगायत कम्पनीका स्टलहरु रहनेछन् ।
प्रतिक्रिया 4