
बलिउड नायक आमिर खानले आफूले सधैका लागि सामाजिक संजाल छाडेको उल्लेख गरेका छन् । सामाजिक संजाल इन्स्टाग्राममा आफ्नो सन्देश सार्वजनिक गर्दै आमिरले काममा अझै ध्यान दिनका लागि आफूले सामाजिक संजाल छाडेको बताएका छन् ।
आमिरले आफ्नो जन्मदिनको शुभकामना दिने सबै फ्यानलाई धन्यवाद दिदै यही पोष्ट नै सामाजिक संजालका लागि अन्तिम हुने बताएका थिए ।
सामाजिक संजालबाट टाढा हुँदा आफ्नो कामलाई झनै ध्यान दिन पाइने र उत्कृष्ट काम गर्न सकिने वुझाई आमिरको छ । आमिरले सन् २०१८ मा इन्स्टाग्राममा एकाउन्ट खोलेका थिए । सामाजिक संजालबाट आमिरले आफ्ना विभिन्न जानकारीहरु दिदै आएका थिए । उसो त, सामाजिक संजालबाट बिदा लिने बलिउड कलाकारमा आमिर पहिलो भने होइनन् ।
यसअगाडि नायक सैफअली खान, रानी मुखर्जी, रणवीर कपुर, जया बच्चन, रेखा जस्ता कलाकारले सामाजिक संजाल नचलाउने बताइसकेका छन् । धेरै बलिउड कलाकारहरुले सामाजिक संजालमा नकारात्मक कुराहरु हाबी हुन थालेपछि यसबाट टाढा बस्ने निर्णय गर्दै आएका छन् ।
प्रतिक्रिया 4