Comments Add Comment

नाइजरमा हतियारधारी समूहले गर्‍यो ५८ नागरिकको हत्या

Photo Credit : Reuters

४ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिमी क्षेत्रमा हतियारधारी समूहले बजारबाट फर्किँदै गरेका ५८ जनाको हत्या गरेको छ । नाइजरको सरकारले दिएको जानकारीअनुसार टिलाबेरी क्षेत्रमा सोमबार नजिकैको गाउँमा लागेको साप्ताहिक बजारबाट गाडीमा फर्किँदै गरेका मानिसहरुमाथि हतियारधारी समूहले आक्रमण गरेको हो ।

यो क्षेत्र माली र बुर्किना फासोको सीमाक्षेत्रबाट नजिकै छ । यहाँ पछिल्लो समय इस्लामिक स्टेट (आईएस) र अल कायदाले हिंसात्मक आक्रमण गर्दै आएका छन् । यसअघि गत जनवरी २ मा टिलाबेरीका दुई गाउँमा चरमपन्थीहरुले गरेको आक्रमणमा कम्तीमा एक सयको मृत्यु भएको थियो ।

नाइजरको सरकारले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार टिलाबेरीमा साप्ताहिक बजारबार चारओटा गाडीमा फर्किरहेका यात्रुहरुमाथि हतियारधारी समूहले आक्रमण गरेको हो । अहिलेसम्म सोमबारको नरसंहारको जिम्मेवारी कुनै पनि समुहले लिएको छैन । नाइजरमा हतियारधारी समुहको मात्र नभई समुदाय समुदायबीचको द्वन्द्व पनि बढ्दो क्रममा देखिएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment