+
+
Shares

एमाले कर्णाली संसदीय दलको बैठक नेपाल समूहद्वारा बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १५:५४

४ चैत, सुर्खेत । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो ।

बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेको दलका नेता कँडेलले जानकारी दिए । तर नेपाल समूहका ९ जना सांसद भने उपस्थित भएनन् ।

दलको बैठकबारे जानकारी भएपनि आफूह? नेपाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन गएको सांसद सुशील थापाले बताए ।
तर दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बुधबारको बैठकले भने संसदीय दलको बैठकमा अनुपस्थित ९ जना नेपाल समूहका सांसदलाई लिखित स्पष्टीकरण माग गरेको छ ।

‘बैठकमा उपस्थित नहुनुको लिखित स्पष्टीकण सोध्ने आजको बैठकले निर्णय गरेको छ,’ नेता कँडेलले भने, ‘त्यसका अलावा नेकपा एमालेबाट सरकारमा सहभागी तीनजना मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिने निर्णय गरेका छौ ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?